बैंक तथा वित्तीय क्षेत्रको सबै पैसा जति सबै सेयरबजार मै गयो, त्यहिँ भएर अरु उत्पादनमुलक क्षेत्रमा बैंकले ऋण लगानी गर्ने सकेनन् , हो यस्तै किसिमको भाष्य निर्माण गराउने कोसिस गर्न खोज्दै छन् राष्ट्र बैंकका उच्च तहका अधिकारीहरू। सेयरबजारमा उल्कै पैसा गयो भन्ने तर्क गर्छन उनीहरु। के यो भनेकै जस्तो हो त ?
२०७७ असार मसान्तको कुरा गर्ने हो भने ५० अर्ब पैसा मार्जिन लोन भनेर बैंकबाट कर्जा भएको रहेछ। २०७८ मा यहिँ कर्जाको प्रवाह बढेर १०६ अर्ब पुग्यो। बजार बढ्ने क्रममा थियो धेरैले कर्जा लिएर बजारमा लगानी गरे। जब राष्ट्र बैंकले ४-१२ को क्याप लगाए त्यसपछि सेयर धितो कर्जामा ब्यापक कमि आयो र २०७९ असार मसान्त सम्म सेयर कर्जा लोन ८० अर्बमा सिमित भयो। अहिले २०८० असार मसान्तमा राष्ट्र बैंकले प्रकाशित गरेको तथ्य हेर्ने हो भने पनि जम्मा ७६ अर्ब सेयर धितो कर्जा बैंकले ऋण प्रवाह गरेको देखिन्छ।
समग्र कति ऋण बैंकले प्रवाह भने ४८ खर्ब ८२ अर्ब अहिले भएको छ। अर्थात बाँकिङ् च्यानलबाट भएको यत्रो लगानी मध्य जम्मा ७६ अर्ब सेयर बजारमा कर्जाको रुपमा गएको छ। तर प्रयास भने के के न पैसा सेयरबजारमा गयो भनेर बुझाउने प्रयास भएको छ। कुल ऋण प्रवाहको जम्मा १.५५% प्रतिशत ऋण बैंकले सेयर धितो कर्जाको रुपमा प्रवाह भएको छ।
तत्कालिन गभर्नर चिरन्जिबी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिको १०२ नम्बर वुदामा भनिएको थियो,' बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ।" यो भन्दा अगाडी ४० प्रतिशत सम्म प्रवाह गर्ने पाउने व्यवस्था थियो।
यो २५ प्रतिशतको सिमा अहिले पनि कायम नै छ।अहिले बैंकको प्राथमिक पूंजी ६८० अर्बको हाराहारीमा छ। त्यसको २५ प्रतिशतलाई बैंकको कोर क्यापिटलसँग तुलाना गर्ने नै हो भने १७० अर्ब हुन आउने रहने। अहिले कै अवस्थामा हेर्ने हो भनेपनि १०० अर्ब सेयर धितो मार्जिन कर्जा प्रवाह गर्दा पनि बैंकहरुलाई केहि फरक नपर्ने अवस्था रहेको छ। तर अचम्मै ऋण गयो भनेर भाष्य निर्माण गरिएको छ।
४८ खर्ब ८२ अर्ब भन्दा धेरै ऋण प्रवाह भएको हाम्रो बजारमा त्यसमा केबल ७६ अर्ब ऋण सेयर बजारमा प्रवाह हुँदा त्यस रकमले कतिको उत्पादकत्व घट्यो होला ? यो पैसाले आकाशै खस्यो होला त ?
यो कुरा नियामकले नबुझेको होइन बुझी बुझी पनि के केन भयो भनेर स्थापित गर्ने कोसिस भने गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस