Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

सोमबार, २८ साउन २०७५, १६ : ५७ मा प्रकाशित

मेगा बैंकका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच सोमबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो ।

सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले स्टार अस्पतालमा उपचार गराउँदा आइसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यूएसजी, इइजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधी र शल्यक्रियामा १०–१० प्रतिशत छुट पाउने भएका छन् ।

यो पनि पढ्नु्होस्

हकप्रद सेयर भर्न छुटाउनु होला ? १० कम्पनीको ४ करोड ६० लाखबढी कित्ता सेयर बजारमा

नेप्से १० अंकले बढ्यो, कारोबार किन घट्यो ?

ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको