Like us!
Follow us!
Connect us!
Watch us!

शेयर दलालको थप शाखा कार्यालय खोल्न सेबोनको निर्देशन

मंगलबार, २२ माघ २०७५, ११ : १२ मा प्रकाशित

शेयर दलालको थप शाखा कार्यालय खोल्न  सेबोनको निर्देशन

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले देशका विभिन्न स्थानमा धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

 गत असार मसान्तसम्मका शाखा कार्यालय खोल्नका लागि आवेदन दिएका  धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय खोल्न दिने बोर्डको निर्णयअनुसार आवश्यक भौतिक पूर्वाधार तयार पार्नसमेत आग्रह गरिएको छ ।

बोर्डले धितोपत्रको कारोवार हुने तर शाखा कार्यालय नखुलेका महेन्द्रनगर, घोराही, तुलसीपुर, भैरहवा, जनकपुरमा शाखा कार्यालय खोल्न निर्देशन दिएको र आवश्यक भौतिक पूर्वाधार तयार पार्न आग्रह गरेको हो ।

बोर्डले धितोपत्र दलाललाई व्यवसायीबाट प्राप्त भएको निवेदन तथा पूँजी बजारमा देखिएका प्रवृत्तिको समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एव् लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी समितिको सुझावका आधारमा आवश्यक निर्णय गर्र्दै आएको जनाएको छ ।

धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई अझ व्यवस्थित बनाउन नियमावलीमा समेत थप व्यवस्था गरिएको र प्रक्रिया समेत अगाडि बढाइएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको