Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लद्युवित्तको आइपिओमा पर्यो ४६ लाख कित्ता आवेदन, आवेदक कति ?

सोमबार, २७ फागुन २०७५, १९ : ३४ मा प्रकाशित

स्पर्स लद्युवित्तको आइपिओमा  पर्यो ४६ लाख कित्ता आवेदन, आवेदक कति ?

अर्थ संसार, काठमाडौं–स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा ४६ लाख १६ हजार ८६० कित्ताको लागि आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार सोमबार दिउँसो ५ बजेसम्म उक्त कित्ताको लागि १ लाख ६९ हजार ०११ जना आवेदकले आवेदन दिएका हुन् ।

संस्थाले २६ गते अर्थात आइतबारदेखि  २ लाख ५२ हजार कित्ता साधारण शेयर (आइपिओ) बिक्री खुल्ला गरेको छ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले काम गरिरहेको छ । यस कम्पनीले निश्कासन गरेको साधारण शेयरमा लगानी गर्ने इच्छुक लगानीकर्ताले सि आस्वा प्रणालीको माध्यमबाट र नजिकको बैंकबाट पनि आवेदन दिन सक्नेछन् ।

फागुन २६ गतेदेखि निश्कासन भएको साधारण शेयर फागुन २९ गते बन्द हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको