Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको एटिएम धनगढीको नसिर्ग अस्पतालमा

सोमबार, २७ फागुन २०७५, १७ : ४९ मा प्रकाशित

जनता बैंकको एटिएम धनगढीको नसिर्ग अस्पतालमा

अर्थ संसार, काठमाडौं- जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिने उद्देश्यले सोमबारदेखि धनगढी  उपमहानगरपालिका वडा ५ असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु  गरेको छ ।

यो बैंकको ९४औं एटिएम हो । सोमबार एक समारोहकाबिच धनगढीउप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गर्नु भयो । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।

योसगै बंैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ वटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेकाछन् ।

बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको