Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रोको IPO भर्नु भयो ? आज अन्तिम दिन

बुधबार, ११ बैशाख २०७६, ०८ : ११ मा प्रकाशित

नेपाल एग्रोको IPO भर्नु भयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकोछ ।

वैशाख ८ गतेदेखि  खुल्ला भएको  तेस्रो दिनमै माग भन्दा ३१ गुणाभन्दा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेकाले बुधवारसम्म मात्र विक्री खुला हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि १ लाख ५१ हजार २ सय कित्ता आईपीओ विक्रीमा ल्याएको हो ।

विक्रीप्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले दिएको जानकारी नुसार मंगलवार ५ बजेसम्म २ लाख २३ हजार ३०८ आवेदकबाट ४८ लाख ३३ हजार २४० कित्ताको माग गर्दै आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल १ लाख ६१ हजार ७७८ कित्तामध्ये २ हजार ४८९ कित्ता कर्मचारीका लागि र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम ८ सय कित्ताका लागि आवेदन दिन सकिन्छ । आईपीओ खरीदका लागि छिटोमा वैशाख ११ र ढिलोमा जेठ ६ गतेसम्मको मिति तोकिएको थियो ।

आवेदन दिन चाहनेले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सक्छन् । हाल रू. ३ करोड ३६ लाख रहेको कम्पनीको चुक्तापूँजी सर्वसाधारणलाई छुट्याएको आईपीओ वितरण गरेपछि रू. ४ करोड ९७ लाख ७७ हजार पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको