Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको नाफामा छलाङ्ग

बुधबार, ११ बैशाख २०७६, १० : ५७ मा प्रकाशित

लुम्बिनी विकास बैंकको नाफामा छलाङ्ग

अर्थ संसार, काठमाडौं–  लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले  गत वर्ष  सोही अवधिमा  १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत ले बढेर ७३ करोड २४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा पनि १८ करोड ३४ लाख ९३ हजार रुपैयाँबाट बढेर ४९ करोड २१ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा १६८.१९ प्रतिशत ले बढी हो ।
 
चैत मसान्त सम्म लुम्बिनीले २४ अर्ब ३५ करोड ४५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेर २२ अर्ब ३६ करोड २७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा १९ अर्ब ४२ करोड ५४ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेर १७ अर्ब ४९ लाख ५८ हजार ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
 
लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ४६ करोड ५४ लाख ७७ हजार रुपैयाँ जम्मा पारिसकेको छ ।  गत वर्ष बैंकले जगेडा कोषमा १ अर्ब २० लाख ४४ हजार रुपैयाँ राखेको थियो ।
 
प्रतिसेयर आम्दानी २० रुपैयाँ ७३ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३२ पैसा छ । त्यस्तै, चैत महिना सम्म बैंकको आधारदर ११.१३ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको