Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकाका अधिकांश सवारीमा प्रदूषण फेल

विहीबार, १२ बैशाख २०७६, १९ : २६ मा प्रकाशित

उपत्यकाका अधिकांश सवारीमा प्रदूषण फेल

अर्थ संसार, काठमाडौँ – उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदूषण फेल रहेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदूषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदूषण फेल देखिएको हो ।

महाशाखाले गत चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदूषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदूषण फेल देखिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदूषण फेल देखिएको बताउनुभयो ।

“ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदूषण जाँच गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान–२०७५ अन्तर्गत करिडोर खोल्ने, जेब्राक्रसिङ निर्माण, आकाशे पुल निर्माण, प्रदूषण जाँचलगायतका काम गर्दै आएको छ ।

ट्राफिक प्रहरीले अहिले सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरेर सडकमा सवारी प्रदूषण जाँच गर्दै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको