Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई लगानी गर्ने अवसर, बजारमा इन्फिनिटीको आइपीओ आउँदै

कमला भुसाल

विहीबार, ०२ जेठ २०७६, १४ : २३ मा प्रकाशित

लगानीकर्तालाई लगानी गर्ने अवसर, बजारमा इन्फिनिटीको आइपीओ आउँदै

अर्थ संसार, काठमाडौं-  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ। संस्थाले यही जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्ने  जनाएको  छ ।

इन्फिनिटीले जारी गर्न लागेको कुल आइपीओमध्ये ३३ हजार ७०० कित्ता सेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । यो आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशत रकम बराबरको सेयर बिक्री गर्न लागेको हो । इन्फिनिटीको आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ । 
 
यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको