Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंकबीच बीमा सेवा सम्झौता

विहीबार, १६ जेठ २०७६, १५ : ४६ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंकबीच बीमा सेवा सम्झौता

अर्थ संसार, काठमाडौं– राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठक र बैकको तर्फबा का.मु. कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौतासँगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । 

सम्झौता अनुसार राष्ट्रिय बीमा संस्थानका सवै बीमालेखहरु आगामी दिनमा ग्लोबल बैंकका सम्पूर्ण शाखाहरुबाट खरिद गर्न सकिनेछ । यसबाट दुवै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्वास संस्थानले लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको