Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट २०१९:इंग्ल्याण्डविरुद्ध पाकिस्तान १४ रनले बिजयी

मिलन खड्का

मंगलबार, २१ जेठ २०७६, ०८ : ५५ मा प्रकाशित

विश्वकप क्रिकेट २०१९:इंग्ल्याण्डविरुद्ध पाकिस्तान १४ रनले बिजयी

अर्थ संसार, लण्डन-सोमबार सम्पन्न विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जीत हात पार्दै घरेलु टोली  इंग्ल्याण्डलाई  १४ रनले पराजित गरेको छ । 

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफेजले ८४ रन, बाबर अजामले ६३ रन ,कप्तान सरफराज अहमदले ५५ , इमाम यल हकले ४४ रन, फकर जमानले ३६ रन र आसिफ अलिले १४ रन बनाए । इंग्लयाण्डका मोइन अलि र क्रेस वार्केसले समान तीनतीन विकेट लिए भने मार्क उड दुई विकेट लिए । 


 इंग्लयाण्डले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर ३ सय ३३ रन मात्रै बनाउन सक्यो । ३ सय ३३ रन बनाएको इङ्ग्ल्यान्डका लागि जोइ रुट र जोस बट्लरले शतक प्रहार गरे पनि  जीतका लागि भने अपुग रह्यो । रुटले १०४ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १०७ रन बनाएका थिए । यस्तै, बट्लरले ७६ बलमा ९ चौका र २ छक्काको मद्दतमा १०३ रन बनाएका थिए भने जोन बेरिस्टोले ३२ रन बनाएका थिए ।

इङ्ग्लयाण्डविरुद्ध पाकिस्तानका वाहब रीआजले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिएका थिए । यस्तै, शद्दाब खान र मोहम्मद अमिरले समान दुई–दुई विकेट लिए भने, मोहम्मद हफेज र सोयव मल्लीकले समान एक–एक विकेट लिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको