Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गलादेशका राष्ट्रपतिको स्वागतमा जे देखियो ! (भिडियोसहित)

dibesh

मंगलबार, २६ कार्तिक २०७६, १६ : २८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । 

  नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उहाँले नेपाली गीतसङ्गीतको स्वाद लिनुभयो ।

उहाँको स्वागत तथा सम्मानमा विमानस्थलमा कलाकारले प्रदेश नं १ को मारुनी, प्रदेश नं २ को  झाँगड, प्रदेश नं ३ को तामाङसेलो, गण्डकी प्रदेशको कौरा, प्रदेश नं ५ को टप्पा, कर्णाली प्रदेशको थकाली र सुदूरपश्चिम प्रदेशको हुड्केली गीत तथा नृत्य पस्केका थिए । रातो साडी, चोली र जामामा देखिएका महिला कलाकार घुम्टो ओढेर छड्के तिलहरीमा सजिएका थिए । कानमा ढुङ्ग्री, शिरमा शिरबन्दी तथा  शिरफूल लगाएर प्रदेश नं १ का कलाकारले मारुनी नृत्य प्रस्तुत गरे ।

मौलिक पोशाकमा रहेका पुरुष कलाकारले तरबार र ढाला प्रदर्शन गर्दै मौलिक नृत्य देखाए । उहाँहरुलाई प्रहरीको सङ्गीत विद्यालयका नृत्य निर्देशक जलमाया गुरुङ र प्रदीप हमालले निर्देशन गर्नुभएको थियो ।  अर्कातर्फ नेपाली मौलिक पोशाक (गुन्यु, चोली र नेपाली टोपीसहित दौरासुरुवाल) मा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले उहाँलाई बङ्गाली भाषामै स्वागत गरे । आफ्नै भाषामा स्वागत पाउँदा उहाँले ‘भालो आसी’ भनेर हात हल्लाउँदै अभिवादनका साथ स्वागत स्वीकार्नुभयो । हातहातमा नेपाल र बङ्गलादेशको झण्डा फहराउँदै बालबालिकाले स्वागत गर्दा राष्ट्रपति हमिदको मुहार चम्किलो देखिन्थ्यो ।

हेरौं भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको