Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आइतबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १२ : १२ मा प्रकाशित

यसकारण आइतबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (आइतबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा दुई घण्टा बत्ती जाने भएको छ ।

नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तार कार्यका लागि  रुख कटान गर्ने भएकाले महाराजग‌ञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा दिउँसो १२ बजेदेखि २ बजेसम्म बत्ती जाने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हाे ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको