Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तको खुद नाफा बढ्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, ११ : १७ मा प्रकाशित

नागबेली लघुवित्तको खुद नाफा बढ्दा के भयाे अरू सूचक ?

अर्थ संसार काठमाडाैं - नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ४८ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १७.०१ प्रतिशत अर्थात ३६ लाख १५ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड १२ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ८१ लाख ४१ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ३१.२९ प्रतिशत धेरै हाे । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि १८.९५ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २१ करोड १२ लाख रुपैयाँ, जगेडा कोषमा ९ करोड ९९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb794bf77933.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको