Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक गतिविधिलाई सहज तुल्याउन विज्ञको सुझाव

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १० : ०३ मा प्रकाशित

आर्थिक गतिविधिलाई सहज तुल्याउन विज्ञको सुझाव

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेका सो छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई क्रमशः अगाडि बढाउन अपनाउनुपर्ने थप रणनीतिका विषयमा विज्ञले सुझाव दिएका जनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न क्षेत्रका २५ विषयविज्ञको सहभागितामा सम्पन्न परामर्श बैठक उपलब्धिमूलक र फलदायी भएको जानकारी दिएका छन् । करीब चार घण्टा चलेको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहेका थिए ।

सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ ।

त्यस्तै, आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि बन्दाबन्दी कायम रहँदा उद्योग, व्यवसायका साथै श्रमिक वर्ग प्रभावित भई मुलुकको आर्थिक गतिविधिमै असर परिरहेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको