Like us!
Follow us!
Connect us!
Watch us!

अब यूनियन लाइफका बीमितले अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न सक्ने

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १३ : ४६ मा प्रकाशित

अब यूनियन लाइफका बीमितले अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न सक्ने

अर्थ संसार, काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरूले अनलाइन सेवा प्रदायक कम्पनीहरू कनेक्ट आइपिएस, खल्ती र सेल पे बाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् ।

यूनियन लाइफले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरू कनेक्ट आइपिएस, खल्ती र सेल पे सँग बीमाशुल्क भुक्तानी सम्बन्धी संझौता गरेको छ । यो संझौता भएसँगै कम्पनीका बीमितहरूले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरू भुक्तानी गर्न सक्ने भएका छन् ।

यसैगरी उक्त अनलाइन सेवा प्रदायकहरूबाट अभिकर्ताहरूले समेत रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । बीमित तथा अभिकर्ताहरूले घरमा बसेर नै बीमाशुल्क भुक्तानी गर्ने व्यवस्था गरिएको कारण कम्पनीको बीमा सेवा उपभोग गर्न निकै सहज हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, लकडाउनको जटिल अवस्थामा अनलाइन भुक्तानीबाट बीमित तथा अभिकर्ताहरूले फाईदा लिने कम्पनीले अपेक्षा गरेको छ । आगामी दिनमा बीमित तथा अभिकर्ताहरूलाई फाइदा पुग्ने गरी थप प्रविधियुक्त सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने कम्पनीले जानकारी दिएको छ ।  देशव्यापी रूपमा शाखा संजाल बिस्तार गरेको यूनियन लाइफले बीमा क्षेत्रमा समेत छोटो अवधिमा स्थापित हुन सफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको