Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, १२ : ४४ मा प्रकाशित

कृषि विकास बैंकले गर्याे लाभांश लिन अनुरोध, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आह्वान गरेकाे छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्ष यताको लाभांश लिन बाँकी रहेका शेयरधनी वा हकवालाहरुलाई लाभांश संकलन गर्न बाेलाएकाे हाे ।

शेयरधनीहरुले बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत लाभांश पूँर्जा र नगद संकलन गर्न सक्नेछन् । आगामी साउन ११ गतेभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । तसर्थ, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको छ ।

त्यसैगरी, बैंकले शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा सम्पर्क राख्न असमर्थ शेयरधनीले आगामी साउन ११ गतेसम्म साे बैंकका कुनै पनि शाखा कार्यालय मार्फत आवेदन दिई भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांश पुर्जा संकलन गर्न अुनरोध गरेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको