Like us!
Follow us!
Connect us!
Watch us!

होटल व्यवस्थापन शिक्षामा स्तरोन्नति गर्नुपर्ने खाँचो

शुक्रबार, १३ साउन २०७४, १३ : ४४ मा प्रकाशित

होटल व्यवस्थापन शिक्षामा स्तरोन्नति गर्नुपर्ने खाँचो

अर्थ संसार, काठमाडौं, नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा सफलता हासिल गर्ने हो भने यहाँको होटल व्यवस्थापन शिक्षालाई सोही अनुसार स्तरोन्नति गरिनु पर्ने यस क्षेत्रका सम्बद्ध शिक्षा सेवा प्रदायकले बताएका छन् ।

“घोकन्ते शिक्षा पद्धतिबाट नेपालको होटल व्यवस्थापन शिक्षाको स्तर माथि उठ्नै सक्दैन, यसलाई कसरी बढी जीवन उपयोगी, व्यवहारिक तथा प्रयोगात्मक बनाउने भन्ने विषयमा अबको ध्यान जान जरुरी छ,” होटल व्यवस्थापन शिक्षाविद् तथा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले भन्नु भयो ।

दक्षिण एसियामै पहिलो पटक स्वीस मापदण्डको विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको नेपालको अग्रणी होटल व्यवस्थापन ग्लोबल एकडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को १२ औं मेगा एसेम्बलीमा उहाँले होटल व्यवस्थापन शिक्षामा हाल अपनाउँदै आइएको तीन वर्षे हायर–डिप्लोमा कोर्षलाई चार वर्षे बनाउने विषयमा गृहकार्य भइरहेको बताउनु भयो ।

“थपिएको एक वर्षको विद्यार्थीको करिअर विकासमा मद्दत पुग्ने गरी बढीभन्दा बढी प्रयोगात्मक बनाइनु पर्छ,” उहाँले भन्नु भयो ।गेट कलेजको अन्तर्राष्ट्रिय मान्यताप्राप्त शैक्षिक प्रणालीका कारण नेपालका ७५ वटै जिल्लाका अलावा हाल अफगानिस्तान, डेनमार्क, बंगलादेश, श्रीलंकासहित करिब १७ देशका विद्यार्थीले अध्ययन गर्दै आएकोमा लकाइँले बताउनु भयो ।

कार्यक्रममा गेट कलेजका शैक्षिक विभाग प्रमुख सचिन श्रेष्ठले गेट कलेजबाट हालसम्म झन्डै ६ सय विद्यार्थीले एसएसए– हायर डिप्लोमा (बीएचएम) तहको अध्ययन पूरा गरिसकेकोमा हाल  ४ सय विद्यार्थीहरू अध्ययनरत भएको जानकारी दिनु भयो । यसैगरी गेट भोकेसनलअन्तर्गत करिब तीन हजार जनाले होटल व्यवस्थापनका विभिन्न आयामको प्रशिक्षण लिइसकेका प्रमुख प्रशिक्षक कुमार चालिसेले जानकारी दिनुभयो ।

यसै वर्षमात्र आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको गेट कलेज स्विजरल्यान्डको स्विस होटल एसोसियन होटलरी स्विसको सम्बन्धनमा सञ्चालित एसियाकै पहिलो र एकमात्र कलेज हो । यसका साथै गेट कलेज अष्ट्रेलियाको सरकारी शैक्षिक प्रतिष्ठान टेफको सम्बन्धनमा आवधिक व्यावसायिक प्रशिक्षणहरूसमेत सञ्चालन गर्ने नेपालको पहिलो शैक्षिक प्रतिष्ठान हो ।

स्थापनाको दशौं वर्ष पूरा गरेको अवसरमा गेट कलेजले नेपालगन्जमा गेट भोकेसनलका शाखा विस्तार गर्ने र पहिलो पटक अनलाइनमा आधारित शिक्षण प्रणाली आरम्भ गर्ने घोषणासमेत गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको