Like us!
Follow us!
Connect us!
Watch us!

यतिधेरै ब्यक्तिको क्यारिकेचर गर्न कसले सक्छ ? दिनेश काफ्लेमा मात्रै छ त्यस्तो क्षमता

बुधबार, २५ साउन २०७४, १३ : २२ मा प्रकाशित

 

  • दिनिता लामिछाने

अर्थ संसार, काठमाडौं–सिन्धुलीको तीनपाटनका दिनेश काफ्ले अरुको आवाजको क्यारिकेचर गरेर यतिखेर चर्चामा छन् । नेपालमै सबैभन्दा बढी ब्यक्तिको आवाज नक्कल गर्न सक्ने क्षमता भएका उनी सम्भवत एकमात्र नेपाली कलाकार हुन् ।

उनले सर्बप्रथम एमालेका नेता माधवकुमार नेपालको क्यारिकेचर गरेर आफ्नो फरक कलायात्रा सुरु गरेका थिए । त्यसपछि उनी सबैभन्दा बढी जमेको कलाकार केदार घिमिरे माग्नेबुढाको क्यारिकेचर गरेर हो ।

उनी सुरुमा मनोज गजुरेलले गरेको नेताहरुको क्यारिकेचर गर्ने शैलीबाट प्रभावित भएका थिए । विस्तारै उनले अभ्यास गर्दै गए । अहिले उनी नेताहरु केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, शुशिल कोइराला, रामचन्द्र पौडेल, मोहन बैद्य, गगन थापा, कलाकारहरु मदनकृष्ण, हरिवंश, शिवहरि पौडेल, सिताराम कट्टेल, किरण केसीलगायत १ सयभन्दा बढी ब्यक्तिको क्यारिकेचर गर्छन् । उनले भर्खरै केटाकेटीमाझ र्चिर्चत भारतीय कार्टुन फिल्म मोटुपत्लुका पात्रहरु क्यारिकेचर गर्न थालेका छन् ।

‘ब्यक्तिको क्यारिकेचर गर्दा साना नानीहरुलाई प्रभाव पर्दैन,’ उनले भने, ‘त्यसैले मैले माटुपत्लुका पात्रहरुको क्यारिकेचर गर्न थालेँ । मोटुपत्लुका मोटु, पत्लु, चुइङगम लगायतको क्यारिकेचर गर्न थालेपछि बालबालिकाबिच पनि उनी निकै लोकप्रिय भएका छन् ।

उनी अब विभिन्न देशका सेलिबे्रटीहरुको क्यारिकेचर गर्न अभ्यास गरिरहेका छन् । त्यसमा सफलता पाए उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिने छ । उनी क्यारिकेचरबारे अनुसन्धान पनि गरिरहेका छन् ।

दिनेशलाई भेट्दा उनीसँग त्यस्तो बेजोडको प्रतिभा छ भनेर कसैले पत्याउँदैनन् । उनी साथीभाइसँग त्यति ठट्टा पनि गर्दैनन् । रमाइला छन्, तर जोक भनेर हँसाउने उनको स्वभाव छैन । जव उनी स्टेजमा चढ्छन्, उनमा अपत्यारिलो प्रतिभा उर्लिएर आउँछ ।

उनी दर्शकलाई घन्टौं बाँधेर राख्न सक्छन् । दर्शक दिर्घामा रहेका ब्यक्तिहरुलाई तोकेरै उनी तत्काल ब्यंग्य गर्न खप्पिस छन् ।उनी स्टेजमा उत्रिएर क्यारिकेचर मात्र गर्दैनन्, हास्यरसयुक्त संवाद, ब्यंग्य प्रस्तुत गरेर सबैलाई हँसाउँछन् । उनले कार्यक्रम संचालन गर्दा घन्टौ वितेको दर्शकले पत्तै पाउँदैनन् ।

अद्भूत प्रतिभाले उनलाई रातारात सेलिब्रेटी बनाएको छ । उनी अहिले टेलिभिजन च्यानल, युट्युव च्यानल, फेसबुकलगायतका सामाजिक संजाल जताततै छाएका छन् । युवापोष्टसँग कुरा गर्न आउँदा उनी एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिएर आएका थिए । हामीसँग रहँदा उनलाई कैयौंले फोन गरेर अन्तर्वार्ताका लागि समय मागिरहेका थिए ।

‘सडकमा हिँड्दा मानिसले ‘दिनेश काफ्ले त्यही हो’ भनेर औंल्याउन थालेका छन्,’ उनले भने, ‘मास्क लगाएर हिँड्दा पनि सार्बजनिक सवारी साधनमा हिँड्न मानिसले चिन्न थालेका छन् ।’ उनले धेरै पटक सार्बजनिक सवारी साधनमा भाडा लिन कन्डक्टरले नमानेको अनुभव सुनाए ।

अर्काको क्यारिकेचर गर्न सजिलो छैन । कसैको आवाजको नक्कल गर्न उनलाई धेरै अनुसन्धान, अभ्यास गर्नुपर्छ । ‘कैयौं दिन लगाएर कसैको आवाज नक्कल गर्न सिक्यो,’ उनी भन्छन्, ‘अर्को ब्यक्तिको नक्कल गर्न सिक्न थालेपछि पहिले सिकेको विर्सन्छ  ।’ उनलाई मोहन बैद्यको क्यारिकेचर सिक्न निकै गाह्रो भएका थियो । उनले दिएको भाषणको भिडियो खिचेर उनले हेर्दै  घन्टौं प्रयास गरेका थिए ।

उनले अधिकांश पुरुषको आवाजको नक्कल गरेका छन् । केही महिलाको नक्कल नगरेका हैनन् । तर, सिकेपछि अर्को ब्यक्तिको नक्कल गर्दा विर्सिएको उनले दुखेसो सुनाए । उनले कोमल ओली, मेरी बास्सैकी फतौरी बुढीलगायतको नक्कल भने अझै विर्सेका छैनन् ।

दिनेश पछिल्लो समय मेला, महोत्सवमा हुने सांगितिक कार्यक्रममा प्रस्तोताका रुपमा पहिलो रोजाइमा पर्छन् । मुलुकभित्र हुने धेरैजसो सार्बजनिक सांगितिक कार्यक्रममा दिनेश एकलौटीजस्तो छाएका छन् । विदेशमा समेत उनको माग हुन थालेको छ । उनले मलेशियामा कैयौं पटक दर्शकलाई हँसाइसकेका छन् । फरक प्रतिभाका धनी दिनेशलाई हाम्रो प्रगतिको शुभकामना ।     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको