राजस्व कार्यलयले बैशाष १ गतेदेखी प्यान अनिवार्य गर्ने निर्णय लगतै अहिले सबैतिर यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ ।
यसै प्रशङमा आज एकजना मित्रसँग छलफल भयो । उहाँले प्यान लिन खोज्दा पाएको दुस्खहरु धेरै नै भयो भन्दै गुनासो गर्नुभयो । मैले भने– “नागरिकता र फोटो लिएर जानुस् १० मिनेट मै तपाईको हातमा प्यान हुन्छ ।” उहाँले झर्कदै भन्नुभयो –‘१० मिनेट होइन ३ दिन भयो म धाएको’ म अक्क न बक्क भए ।
उहाँले भन्नु भयो– ‘म घर नजिकै चाबहिलमा रहेको आन्तरिक राजस्व कार्यलयमा प्यान बनाउन भनेर पुगेँ । त्यहाँबाट तपाइको नागरिकता काठमाडौं बाहिरको रहेछ, यहाँ बनाउन मिल्दैन, पुतलिसडकमा हुन्छ जानुस भनेर पठाइदिए । त्यसपछि सबै काम छाडेर पुतलीसडक पुगेँ । त्यहाँ गएर बुझ्दा कर्मचारी भए कार्यलएको प्यान नं. सहित तलब बुझेको विबरण र नियुक्तीपत्र लिएर जानुस् भनियो । ’
मैले भने म कर्मचारी हैन । म लगानीकर्ता हुँ । मेरो नागरिकता बाहिरको छ तर म लगभग १५ बर्षदेखि काठमाडौको वासिन्दा हुँ मैले लालपुर्जाको फोटोकपी बोकेर आएको छु । अब भन्नुस मैले प्यान पाउछु कि पाँउदिन ? भन्ने प्रश्नमा एकजना कर्मचारी ले भने – “तपाईँ मेरो टाउको किन खानुहुन्छ ? जानुस बसाँई सराईको चिठ्ठी लिएर आउनुस् कि त जिल्लामै बनाउनुस ’ उहाँले एकै शासमा आफ्नो कुरा सिध्याउनु भयो । आक्रोश र पिडा मिस्रित स्वरमा ।
साँच्नै नै प्यानको लागि यस्तै गार्हो छ र कि कर्मचारीको लापर्वाहीले हामिले यसरी दुःख भोग्नु पर्दछ । केवल कानुन बनाइ दिएर, औपचारिक कुरा गरेर मात्र हुन्छ र ? त्यसको कार्यान्वयन र नियमन गर्ने निकाय पनि त्यतिकै प्रभावकारी र बलियो बनाउन जरूरी पर्दैन र ?
यदि यस्तै नै हो भने उहाँको त पहुँच होला जसरी तसरी बनाउनु होला । तर सर्वसाधारण लगानीकर्ता जो जिल्लाबाट काठमाण्डौ आएर अस्थाई रुपमा बसोबास गर्नु भएको छ, उहाँहरुले कसरी वनाउनुहुन्छ होला ? दार्चुला र ताप्लेजुङका लगानीकर्तालाई यो चिज लिन कति गलो पासो होला कठै मेरो देश !
फेसबुकबाट साभार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस