नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी गर्न प्रोत्साहन गर्ने नीति आत्मसाथ गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो नीति अबलम्बन गरेको हो ।
केन्द्रीय बैंकले पहिलो त्रैमासिक समीक्षा मार्फत नीतिगत दर घटाएर कर्जा बढाउने नीति लिएको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाइ ५.७५ र नीतिगत दरलाई ४.५० बाट घटाइ ४.२५ प्रतिशत बनाएको छ । ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशतमा यथावत् राखिएको छ ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएर राष्ट्र बैंकले कर्जा अझै सस्तिने संकेत गरेको छ । तर, तल्लो सीमा यथावत राखिएका कारण निक्षेपको ब्याजदर भने घट्ने छैन । राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइदिएको छ । यस्तो कर्जाको सीमालाई ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस