Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको शेयरमा लगानी गर्नु अघि हेरौं कम्पनी विश्लेषण

बुधबार, ०८ फागुन २०७५, ११ : १७ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको शेयरमा लगानी गर्नु अघि हेरौं  कम्पनी विश्लेषण

दुगड ग्रुपद्वारा सञ्चालित गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २०६४ चैत १८ गतेदेखि सञ्चालनमा आएको हो । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्दै छ । यसका लागि कम्पनीले सेबोनबाट २०७४ चैत १९ गते स्वीकृति पाएको थियो ।

आव २०७३/७४ को वित्तीय विवरण स्वीकृतिमा ढिलाइ र एनएफआरएस प्रणाली लागू भएकाले साधारणसभामा ढिलाइ भई हकप्रद शेयर निष्कासनमा ढिलाइ भएको हो । अब छिट्टै हकप्रद शेयर आउने प्रक्रियामा रहेको कम्पनीले बताएको छ । ५० प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँट गरेपछि चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ ।

गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, ७ फागुन २०७५)२०७३/७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण गरेपछि कम्पनीको चुुक्तापूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । अझै बीमा समितिले तोेकेको चुक्तापूँजी पुगेको छैन । अपुग रकम बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी पुर्‍याउने कम्पनीले बताएको छ ।

कम्पनीको आव २०७५/७६ र आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  • चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ९ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ दशमलव १४ प्रतिशत बढी हो । रिजर्भ कोषमा रू. २६ करोड ५२ लाख छुट्याएको छ । जीवन बीमा कोषमा रू. ४ अर्ब ८७ करोड जम्मा भएको छ ।

  • पुस मसान्तसम्ममा कम्पनीले रू. ५ करोड ७५ लाख आम्दानी गरेको छ भने रू. १ करोड ६५ लाख खर्च गरेको छ । सोही अवधिमा बीमा लेखको धितोमा रू. २६ करोड २४ लाख कर्जा प्रवाह गरेको छ ।

  • दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७३ करोड ७३ लाख बीमा शुल्क आर्जन गरेको छ । कुल कायम बीमालेखको संख्या २ लाख ७ सय ६० छ । सोही अवधिमा ५ सय ३ जनालाई रू. १० करोड ९० लाख दाबी भुक्तानी गरेको कम्पनीले १८ जनालाई रू. ३१ लाख ६६ हजार दाबी भुक्तानी गर्न बाँकी छ ।

  • व्यवसाय बढाउन सेवाग्राहीलाई उच्चस्तरीय सेवा प्रदान गर्दै देशका सम्पूर्ण जिल्लामा बीमासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी दक्ष बीमा अभिकर्ता उत्पादन गर्ने र बीमाको पहुँच देशका प्रत्येक गाउँ तथा टोलमा पुर्‍याउने कम्पनीको आगामी योजना छ ।

  • कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १३ दशमलव ८०, मूल्य आम्दानी अनुपात ४६ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५१ दशमलव ४४ छ । सोमवार शेयरमूल्य रू. ६ सय ४४ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.००७ गुणा

  • अर्निङ यिल्ड रेशियो : २.१४ प्रतिशत

  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २ हजार १ सय ४५ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ३ सय १५ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ६५ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३३ दशमलव ०३ विन्दुमा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव १२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै मूल्यरेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ४४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६ सय १० मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको