Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएकै दिन सेयर बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १५ : ०४ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएकै दिन सेयर बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो

आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । धेरै क्षेत्रमा खुकुलो व्यवस्था समीक्षामा गरिएको छ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको दिन सेयर बजारमा भने गिरावट आएको छ । 

मौद्रिक नीति सार्वजनिक भएको दिन सेयर बजार परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा पुगेको हो । गत साताका सबै ५ कारोबार दिन बढेको बजारमा यो साताको दोस्रो दिन पनि घटेर कारोबार भएको छ । आज सेयर बजारमा १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटि भइन्डेक्स पनि १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज भने करिब ५ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ८ लाख ६० हजार ८१८ कित्ता सेयर ६० हजार ६२० पटक खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आए पनि आज ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको