विश्वका ७ महादेशमध्ये एसिया महादेश मात्रै यस्तो महादेश हो, जहाँ मानव जीवनलाई नभइ नहुने स्वच्छ खानेपानीको ठूलो स्रोत रहेको छ ।
खासगरी पश्चिममा पाकिस्तानको ‘नांंगा पर्वत श्रृङ्खला’ (कास्मिर हुँदै) पूर्वमा तिब्बतको ‘नाम्चे बर्वा’ सम्म  फैलिएको हिमालय पर्वतमालामा नै विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल छन् । स्मरण रहोस्, ८ हजार मिटरभन्दा अग्ला हिमालहरु पहिले भने निकट भविश्यमै ६ वटा थप भएर २० वटा हुँदै छ  भने ती सबै हिमाल एसिया महादेशमै हुनेछन् । यो श्रृङ्खला लगभग ४५ सय किलोमिटर लामो छ । तर, यहाँ चर्चा गर्न लागिएको ‘ग्रेट हिमालयन ट्रेल’ भने नेपाल खण्डको लगभग १७ सय किलोमिटरको मात्रै हो ।   
‘ग्रेट हिमालयन ट्रेल’को ट्रेक सुरु हुने विन्दु नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि हो भने अन्त्य हुने विन्दु सुदूर पश्चिमको हुम्ला जिल्लाको हिल्सासम्म हो (कोहीकोही दार्चुला जिल्लाको टिङ्कर भञ्ज्याङसम्म पनि जान्छन्) ।
यसरी नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि सुदूर पश्चिमको दार्चुलासम्मको उच्च हिमाली क्षेत्र हुँदै गरिने ट्रेकिङ रुटलाई नै ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ । नेपाल खण्डमा रहेको र, लगभग १७ सय किलोमिटर लामो उच्च हिमाली क्षेत्रको पदयात्रा मार्गलाई नै आजभोलि अंग्रेजी भाषामा ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ । यो रुटमा पनि १० वटा मुख्य शाखा रुट विभाजन गरिएको छ । त्यस्तै यो क्षेत्रको पदयात्रा गर्न चाहने पदयात्रीहरुलाई ‘हाई एल्टिच्युड रुट’ र ‘लो एल्टिच्युड रुट’ गरी दुई वटा बाटो तय गरिएको छ ।
त्यस्तै यो रुटमा पदयात्रा गर्न चाहने पदयात्रीमध्ये कोही सुरुदेखि अन्तसम्मै संलग्न हुन्छन् भने कोहीकोही बीचबीचमा र ठाऊँठाऊँमा थपिने र घट्ने वा भनौं ट्रेक बीचमै छोडेर घर फर्कने हुन्छन् । जस्तो उदाहरणका लागि ग्रेट हिमालयन ट्रेलको पूरा यात्रा गर्न सक्दिन भन्ने कोही पर्यटक ताप्लेजुङको कञ्चनजंघादेखि संखुवासभाको मकालुसम्म, कोही सोलुखुम्बुको थामेसम्म, कोही दोलखाको गौरीशंकरसम्म, सिन्धुपाल्चोकको हेलम्बुसम्म, कोही रसुवाको लाङटाङ वा तामाङ हेरिटेज ट्रेलसम्म, कोही गणेश हिमालसम्म, कोही मनास्लुसम्म, कोही मनाङसम्म, कोही मुस्ताङ माथिल्लो भेगसम्म, कोही डोल्पासम्म कोही मुगुको रारा तालसम्म को यात्राका लागि आउँछन् भने, थपिने पर्यटकहरु पनि मकालु, थामे, गौरीशंकर, लाङटाङ, मनास्लु, मनाङ, मुस्ताङ, डोल्पा आदि ठाऊँबाट थपिदै जान्छन् ।
यो रुटमा कहिलेदेखि पदयात्रीहरले पदयात्रा गर्न सुरु गरे ? ठ्याक्कै भन्न सकिँदैन । त्यसमा पनि त्यो बेला ‘ग्रेट हिमालयन ट्रेल’ नै भने कि भनेन् ? खोजी गर्नुपर्ने हुन्छ । तापनि सर्वप्रथम सन् १९८० मा न्युजिल्यान्डका पिटर हिलारी (सर एडमन्डल हिलारीका छोरा), ग्राएम डिंंगल र भारतीय छेवाङटाशी भोटियाले सिक्किमदेखि लद्याखसम्मको पदयात्रा गरेका थिए ।
त्यसपछि पनि विभिन्न समयमा, विभिन्न पदयात्रीहरुले ग्रेट हिमालय ट्रेलमा पर्ने विभिन्न क्षेत्रको पदयात्रा गरेको देखिन्छ । यो क्रम सन् १०९० सम्म नै जारी रह्यो । त्यस्तै सन् २००० देखि २००८–००९ सम्म विभिन्नि उदेश्यले विभिन्न पदयात्रीहरुले ‘ग्रेट हिमालयन ट्रेल’को पदयात्रा गरे । त्यसमध्ये एक थिए –‘रोजी स्वेल पोप ।’
उनले ६८ दिनमा उक्त पदयात्रा सकेकी थिइन । उनको उदेश्य भने फगत पदयात्रा गर्नु मात्रै नभएर सो पदयात्रा गर्नुको उदेश्य नेपालस्थित एक च्यारिटी संंस्थालाई फन्ड कलेक्सन गर्दिनु पनि रहेको थियो । त्यस्तै सन् २०११ मा बेलायती अल्ट्रा धावक लिजी हकरले एकल रुपमा ग्रेट हिमालयन ट्रेल रुटको पदयात्राका लागि प्रयास गरेकी थिइन । तर, उनी सफल भइनन् । त्यसपछि फेरि उनले सन् २०१६, सेप्टेम्बरमा कञ्चनजंघा बेस क्याम्पबाट ४५ दिनको दौड (पदयात्रा) सुरु गरिन् ।
यसरी नेपाल खण्डको लगभग १७ सय किलोमिटर लामो ‘ग्रेट हिमालयन ट्रेल’को पदयात्रा गरी सकेपछि त्यसरी पदयात्रा गर्ने केही पदयात्रीहरुले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा क्रममा आपूmले संंगालेका अनुभूति र अनुभवलाई किताबको रुप पनि दिएका छन् ।
त्यस मध्येका हुन्, जस्टिन लिट्चर र शान फुरी । उनीहरुले सन् २०११ मा नेपालको कञ्चनजंघा हिमाल (८ हजार मिटर क्षेत्र) देखि पाकिस्तानको नांगा पर्वत (८ हजार मिटर क्षेत्र) सम्मको यात्रा गरेपछि किताब लेखेका थिए । नेपालमा धेरै कम ट्रेकिङ एजेन्सीहरुले मात्रै ‘ग्रेट हिमालयन ट्रेल’को लागि ट्रेक अर्गनाइज गर्दे आएका छन् ।
नेपालले घोषणा गरेको आगामी वर्षको ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा ‘ग्रेट हिमालय ट्रेल’लाई अरु बढी ध्यान दिएर र, प्रचारप्रसार गरेर विश्वका साहसिक पदयात्रीहरुलाई आकर्षित गरेर धेरै भन्दा धेरै ‘एडभेन्चर टुर’को प्रमोट गर्नुपर्ने देखिन्छ । यसो गर्न सके हामी नेपालीको परम्परादेखि नै गर्दै/चल्दै आएको साहसिक पदयात्रा मार्गको ट्रेडमार्क स्थापित गराउन अरु बढी सहयोग पुग्ने देखिन्छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस