Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनाबाट सजिलै बच्न अपनाउनुहाेस् यस्ता उपाय

सराेज खनाल

शुक्रबार, २३ फागुन २०७६, १० : ४६ मा प्रकाशित

काेराेनाबाट सजिलै बच्न अपनाउनुहाेस् यस्ता उपाय

अर्थ संसार, काठमाडौं –विश्व स्वास्थ संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै दक्षिणतर्फको छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा समेत कोरोना बिरुद्ध उच्च सतर्कता अपनाइएको छ । यो खतरनाक भाइरसबाट अहिलेसम्म करिब तीन हजारभन्दा बढीको निधन भइसकेको छ भने ९० हजार भन्दा बढी संक्रमित भएका छन् ।

सबैभन्दा समस्याको विषय के छ भने अहिलेसम्म यसको उपचार पत्ता लाग्न सकेको छैन । चीनपछि यो भाइरसले ईरान, हङकङ, जापान, इटली, अमेरिकासहित दर्जनौं देशहरुलाई चपेटामा पारिसकेको छ ।

कोरोना भाइरसले व्यापार डामाडाेल छ, सरकारलाई पैसा भए पुग्दाे रैछ : ठमेल व्यवसायी (भिडियाे) 

नेपालमा यसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि नै विभिन्न कडा कदमहरु चाल्न थालेको छ । त्यसलाई आम नागरिकले व्यवहारमा उतारेर भाइरसको संक्रमणबाट जोगिन सक्ने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ संगठनको एड्भाइजरीका अनुसार दैनिक जीवनमा हामीले यदि सानो–साना काम गरिरह्यौं भने संक्रमणको खतरा निकै कम हुने देखिन्छ ।

ज्वरो, रुघा–खोकीकाे समयमानै उपचार गर्ने

यदि तपाईंलाई ज्वरो, खोकी अथवा श्वास फेर्न समस्या भइरहेको छ भने तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ । यसका साथै त्यस्तो भएको छ भने बढीभन्दा बढी घरमै बस्ने कोसिस गर्नुपर्छ । डाक्टरसँग सकेसम्म छिटो भेट्नाले बिरामीलाई समयमै पहिचान गर्न सकिन्छ ।

नियमित रुपले हात धुने वा स्यानिटाइजर प्रयाेग गर्ने

दिनमा कति पटक नियमित रुपले साबुन र पानीले हातलाई कम्तिमा २० सेकेण्डसम्म धुनुपर्छ । ब्याक्टेरिया मार्ने क्षमता भएको राम्रो सेनेटाइजरको समेत उपयोग गर्न सकिन्छ । यसो गर्नाले हातहरुमा भएका भाइरसहरुबाट सजिलै छुटकारा मिल्छ ।

संक्रमित व्यक्ति संग उचित दुरी बनाउने

आफ्नो वरपरका मानिसहरुबाट कम्तिमा तीन फिटको दुरी बनाइरहने कोसिस गर्नुपर्छ । खासगरी त्यस्ता व्यक्तिसँग, जसलाई रुघा अथवा खोकी लागेको छ । जब कुनै व्यक्तिले खोक्छ अथवा हाछ्युँ  गर्छ । त्यसबाट हावामा भाइरस फैलिन्छ । यदि तपाईं अत्यन्त नजिक रहनुभयो भने स्वासमार्फत् उक्त भाइरस तपाईंको शरीरमा सजिलै प्रवेश गर्नसक्छ ।

नाक, मुख र आँखालाई धेरै नछुने

प्राय: हामी आफ्नो नाक, मुख तथा आँखालाई पटक–पटक छोइरहन्छौं । त्यस्तो गर्नुहुँदैन । हाम्रो हत्केलाले थुप्रै प्रकारका वस्तुहरु छोइरहेको हुन्छ । त्यस्तो बेला हत्केलामा भाइरस समेत सर्नसक्छ । दुषित हत्केलामार्फत् भाइरस नाक, मुख तथा आँखामार्फत् शरीर भित्र पस्न सक्छ ।

हाछ्युँ गर्दा टिस्यु वा रूमालकाे प्रयोग

आफ्नो वरपर कत्तिको सफा छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । ध्यान दिनुपर्ने अर्काे कुरा भनेको हाछ्यूँ गर्दा अथवा खोक्दा नाक तथा मुखलाई टिस्यूले छोप्नुपर्छ र तुरुन्त उक्त टिस्यूलाई डस्टबिनमा फ्याँक्नुपर्छ । हाछ्यूँ गर्दा निस्कने तरल पदार्थमा थुप्रै भाइरसहरु हुनसक्छन् र ती तीब्र गतिमा फैलन सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको