Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, ०७ : ५४ मा प्रकाशित

सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षकाे नाफाबाट सेयरधनीका लागि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर तिर्नुपर्ने रकमका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ। उक्त प्रस्ताव पुस ४ गते बस्ने कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। त्यसैले आज मङ्सिर १५ गतेसम्म नाम दर्ता भएका सेयरधनी मात्र सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार राख्नेछन्।

बुक क्लोजको एक दिनअघिको आजै सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन पर्छ।

कम्पनीले साधारणसभामा आगामी वर्षको योजना, वित्तीय प्रतिवेदन तथा लाभांश सम्बन्धी प्रस्तावमा छलफल गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको