Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको हकप्रद लिलामी सेयर बाँडफाँड सम्पन्न

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, ०९ : २८ मा प्रकाशित

रिभर फल्स पावरको हकप्रद लिलामी सेयर बाँडफाँड सम्पन्न

रिभर फल्स पावर लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएको हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ। प्रभु क्यापिटलले जनाएको अनुसार कम्पनीको मङ्सिर १४ गते बसेको सञ्चालक समिति बैठकले लिलामीको सबै प्रक्रिया टुंगो लगाउँदै सेयर वितरणको निर्णय गरेको हो।

लिलामीको मूल्य निर्धारणमा ३१८ रुपैयाँ १० पैसा कटअफ मूल्य तय गरिएको छ। यसभन्दा माथिको मूल्य प्रस्ताव गर्दै आवेदन दिएको सबैले मागअनुसार सेयर प्राप्त गरेका छन्। यतिनै कटअफ मूल्यमा प्रस्ताव गरेको समूहले भने सापेक्षिक भारका आधारमा समानुपातिक सेयर पाएका छन्।

क्यापिटलले लिलामीमा नपरेको रकम आज मङ्सिर १५ देखि आवेदकहरूको बैंक खातामा आईपीएसमार्फत फिर्ता गर्ने बताएको छ। कम्पनीले कार्तिक २६ देखि मङ्सिर ३ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा खोलेको थियो। सर्वसाधारण समूहमा बाँडफाँड हुन बाकी रहेका १० लाख ३८ हजार ९ सय २४ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि प्रस्तुत गरिएको थियो।

रिभर फल्स पावरले यसअघि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। हकप्रदमा नबेचिएका सेयर लिलामीमार्फत समेटिएपछि अहिले वितरण प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको