Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवि अन्तर्गत सामाजिक कार्य विभागमा अनलाइन विधिबाट पठनपाठन शुरू गर्ने तयारी

निशा हुमाँगाई

विहीबार, २७ चैत्र २०७६, १९ : २८ मा प्रकाशित

त्रिवि अन्तर्गत सामाजिक कार्य विभागमा अनलाइन विधिबाट पठनपाठन शुरू गर्ने तयारी

अर्थ संसार, काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागमा अनलाइन विधिबाट पठनपाठन शुरू भएकाे छ ।

हाल  विश्वभर महामारीको रूपमा फैलिरहेको काेराेना भाइरस (कोभिड–१९) ले  मार्च २८, २०२० सम्ममा १६१ देशहरूमा १.६ अर्ब भन्दा बढी बच्चाहरू र युवाहरूलाई स्कूल बाहिर जान बाध्य तुल्याएकाे छ । उक्त तथ्यांक विश्वभर भर्ना भएका ८० प्रतिशत विद्यार्थीहरूकाे नजिक छ ।

“सन् २०१३ देखि नै सामाजिक कार्य विभागले सक्रिय रुपमा आफ्ना विद्यार्थीहरुलाई ICT in education को ढाँचामा पठनपाठनहरू सिकाउँदै आएको छ । इन्टरनेट उपकरणहरु जस्तै Zoom Skype Google Drive Facebook जस्ता साइटको मद्दतले विदेशी र विदेशमा बस्ने नेपाली प्राध्यापकहरूबाट समेत अन्तर्क्रियाहरु गर्दै आएको, सामाजिक कार्य विभागमा अध्ययनरत विद्यार्थी महिमा देवकोटाले जानकारी दिएकी छिन् ।

त्यस्तै, यस विषम परिस्थितिमा विभागीय प्रमुख डा. शुक्र राज अधिकारीकाे सल्लाह, सुझाव र प्रयासमा विद्यार्थीहरुले घरै बसेर video conference मार्फत पढिरहेका छन् । 

त्यसैगरी, आफ्ना विद्यार्थीहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक शिक्षण विधि (Online) बाट पठनपाठनहरू शुरु गर्न सामाजिक कार्य विभाग मुलुकमा काेराेना राेकथाम गर्न लकडाउन गर्नु अगावै तत्पर रहेर विद्यार्थीहरूसँग सल्लाह गरि एक हप्ता परीक्षण सहित चैत्र २७ गते नै उपलब्धिमूलक कक्षा सञ्चालन गर्न सफल भएकाे सामाजिक कार्य विभागका प्रमुख डा. शुक्रराज अधिकारीले बताएका छन् । 

पहिलाे दिनकाे Research Methodology in Social Work (SW 555) कक्षामा विद्यार्थीहरूकाे सक्रिय सहभागिता रहेकाे विभागीय प्रमुख तथा विषय शिक्षक अधिकारीले जानकारी दिए । 

यस्तै, सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेकाे अवस्थामा वैकल्पिक शिक्षण विधि मार्फत पठनपाठन जरूरी रहेकाे र विभागले चालेकाे यस कदमले पठनपाठन निरन्तरताका लागि आफूहरूलाई मूल्यवान सहयाेग पुग्ने विद्यार्थीहरूले बताएका छन् । 

यसैगरी, उक्त पठनपाठनहरू शुरु गर्नका लागि प्राविधिक समर्थन खुल्ला तथा दुर शिक्षा केन्द्रकाे आइटी तथा प्राविधिक विज्ञ ओजेश रिमालले गरेका थिए । र, त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा सामाजिक शास्त्र संकायमा वैकल्पिक शिक्षण विधि (Online) बाट पठनपाठन शुरु गर्ने सम्भवत सामाजिक कार्य विभाग पहिलाे हाे ।

त्यसैगरी, हाल विश्वभर ८० प्रतिशत भन्दा धेरै विद्यार्थीहरू औपचारिक शिक्षाबाट टाढा रहेकाे विश्व बैंकले जनाएकाे छ । जसकाे प्रभाव त्रिभुवन विश्वविद्यालय लगायत नेपाल भरका अन्य विद्यालयहरूमा समेत देखिएकाे छ । 

साेही कारण त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिकाे कार्यालयले पनि गत बुधबार (मिति २०७६/१२/२६ गते) एक सूचना जारी गरी डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा सम्भव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरुन्तै वैकल्पिक शिक्षण विधि (Online) बाट शुरु गर्न, उपकुलपति प्रा.डा. धर्मकान्त वास्काेटाद्वारा काेभिड-१९ (Covid-19) द्वारा सृजित परिस्थिति प्रति सबैमा हार्दिक अपिल गरेका थिए । यो प्रविधि मार्फत विद्यार्थीहरूलाई पढ्न र संसाेधनहरू खोजी गर्न अधिकतम लाभ हुन सक्ने त्रि.वि खुल्ला तथा दुर शिक्षा केन्द्रमा कार्यरत, सामाजिक कार्य स्नातकोत्तरका विद्यार्थी ओजेश रिमालले जानकारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिकाे कार्यालयले जारी गरेकाे सूचना यस प्रकारकाे छ : 

5e8f44fab0fe2.jpg 5e8f4501a96d3.jpg 5e8f450796eb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको