अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउन उद्देश्यले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयाेग गर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ ।
हालसम्म (शुक्रबार अपराह्न) काेषमा दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी रहेकाे उनले बताए ।
उक्त विवरण अनुसार अम्बे स्टिलले रु २५ लाख, सगरमाथा इन्स्याेरेन्स कम्पनीले रु १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले रु पाँच लाख कोषमा जम्मा गरेका छन् । यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले रु दुई लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले रु एक लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले रु एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले रु एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले रु एक लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन् ।
त्यस्तै, नाम नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको रु ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो । कोषको खाता नम्बर १९६०००००११०१ रहेकाे छ । सरकारले कोषमा सङ्कलन भएको रकम काेराेना रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने छ ।
काेराेना काेषमा सहयाेग गर्ने केही संस्था तथा व्यक्तिकाे विवरण तल उल्लेख गरिएकाे छ :
नाम सहयाेग रकम
पूर्वराजा ज्ञानेन्द्र शाह २ करोड
राष्ट्रपति विद्यादेवी भण्डारी २ महिनाकाे तलव
प्रधानमन्त्री केपी शर्मा ओली १ महिनाकाे तलव
सभामुख अग्निप्रसाद सापकोटा १ महिनाकाे तलव
राष्ट्रिय वाणिज्य बैंक एक करोड ५० लाख
ग्लोबल आइएमइ बैंक एक करोड १५ लाख
नेपाल आयल निगम ५० करोड
नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड
नेपाल दूर सञ्चार कम्पनी १२ करोड
नेपाल धितोपत्र बोर्ड ३ कराेड
निक्षेप तथा कर्जा सुरक्षण कोष ३ कराेड
नेपाल स्टक एक्चेन्ज ३ करोड ५१ लाख
बीमा समिति ५ कराेड
राष्ट्रिय बीमा संस्थान १ कराेड
कर्मचारी सञ्चय कोष ५ कराेड
कृषि विकास बैंक १ करोड ६० लाख
बैंक अफ काठमाडौं १ करोड ५ लाख ५० हजार
नागरिक लगानी कोष २ करोड
सेञ्चुरी बैंक ८५ लाख
सिटिजन्स बैंक ५० लाख
सिभिल बैंक ७८ लाख ५ हजार
सिडिएस एण्ड क्लियरिङ लिमिटेड ३५ लाख
हिमालयन बैंक १ करोड २५ लाख
लक्ष्मी बैंक १ कराेड
माछापुच्छ्रे बैंक १ करोड ६ लाख
एनसिसी बैंक १ कराेड
नेपाल बंगलादेश बैंक १ करोड ४५ लाख
एनएमबि बैंक १ करोड ५१ लाख
नेपाल एसबिआई बैंक १ कराेड
नेपाल इन्भेस्टमेन्ट बैंक १ कराेड
प्रभु बैंक १ कराेड १ लाख
कुमारी बैंक ७० लाख
मेगा बैंक १ करोड ३५ लाख
नेपाल बैंक १ कराेड ३५ लाख
प्राइम बैंक १ कराेड करोड ७५ लाख
सानिमा बैंक १ कराेड करोड ६८ लाख
सिद्धार्थ बैंक ८५ लाख
आईएमई लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
रिलायन्स लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
नेशनल लाईफ इन्स्योरेन्स ५१ लाख
नेपाल लाइफ इन्स्योरेन्स १ कराेड
सिटिजन लाइफ इन्स्योरेन्स ७ लाख ५० हजार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस