Like us!
Follow us!
Connect us!
Watch us!

चाैतर्फी विराेधपछि सरकारले सार्वजनिक गर्‍यो कोरोना कोषको खर्च विवरण, कुन क्षेत्रमा कति ? (सूचीसहित)

निशा हुमाँगाई

शनिबार, ३१ जेठ २०७७, ११ : ३३ मा प्रकाशित

चाैतर्फी विराेधपछि सरकारले सार्वजनिक गर्‍यो कोरोना कोषको खर्च विवरण, कुन क्षेत्रमा कति ? (सूचीसहित)

अर्थ संसार, काठमाडौं – नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषको खर्च विवरण सार्वजनिक गरेको छ ।

सरकारले कोरोना रोकथामका लागि १० अर्ब रुपैयाँ खर्च भएकाे बताएपश्चात खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन गरिएकाे थियाे । चाैतर्फी विराेधपछि सरकारले बाध्य भएर खर्च विवरण सार्वजनिक गरेको हाे । 

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हालसम्म खर्च र निकासा रकम गरी ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिद लगायतमा उक्त रकम खर्च भएकाे उक्त तथ्यांकमा उल्लेख गरिएकाे छ । 

काेषमा गरिएकाे खर्चमध्ये सबैभन्दा बढी संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै, प्रदेश सरकारमार्फत १ अर्ब ३० करोड ४ लाख ९९ हजार रुपैयाँ र स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।

साे विवरण अनुसार सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख रूपैयाँ खर्च गरेको उक्त तथ्यांकमा उल्लेख गरिएकाे छ ।

त्यसैगरी,  औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ, क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको उक्त विवरणमा उल्लेख छ । तसर्थ, अन्यभित्र के–के समावेश गरिएको छ भन्ने बारेमा पनि केही खुलाइएकाे छैन । 

त्यस्तै, प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ, प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार रूपैयाँ, बागमती प्रदेशले १३ करोड ६७ लाख रूपैयाँ, गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका उक्त तथ्यांकले बताउँछ ।

सरकारले सार्वजनिक गरेको खर्च विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको