Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय करिब १६ अर्ब, सगरमाथा, शिखर र हिमायल एभरेष्टबीच शीर्षताको प्रतिस्पर्धा

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १६ : २५ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय करिब १६ अर्ब, सगरमाथा, शिखर र हिमायल एभरेष्टबीच शीर्षताको प्रतिस्पर्धा

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ४ महिनासम्ममा करिब १६ अर्ब रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरुको तथ्यांक अनुसार १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेको हो । 

निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९८ बीमालेख जारी गरेर उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले कात्तिक महिनासम्मको अवधिमा १ अर्ब ७८ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । 

त्यस्तै धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीको दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो अवधिमा तेस्रोमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै सानिमा जिआईसीले यो अवधिमा १ अर्ब २ कारोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ५४ करोड, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ र युनाइटेड अजोडले १ अर्ब ७ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै एनएलजी इन्स्योरेन्सले यो अवधिमा १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले ६५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड, नेशनल इन्स्योरेन्सको ५० करोड, राष्ट्रिय बीमा कम्पनीले ४३ करोड रुपैयाँ, दि ओरियन्टलले ९२ करोड र नेपाल इन्स्योरेन्सले ८६ करोडको बीमा व्यवसाय गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको