Like us!
Follow us!
Connect us!
Watch us!

९.५ मेगावाट विद्युत उत्पादन गरिरहेको मिड सोलु हाइड्रोपावरको ६.२१ लाख कित्ताको आईपीओ भाद्र २८ देखि

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, ०७ : २१ मा प्रकाशित

९.५ मेगावाट विद्युत उत्पादन गरिरहेको मिड सोलु हाइड्रोपावरको ६.२१ लाख कित्ताको आईपीओ भाद्र २८ देखि

मिड सोलु हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट पछ्यात भदौ २८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। 

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियो  । जसमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरेको थियो। 

तेस्तै  सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि पनि पहिलो चरणमा मै आईपीओ बाँडफाँट गरिसकिएको छ। 

अब  कम्पनीले दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीहरुका लागि , ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

कति दिने आवेदन ?

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

कहिलेसम्म दिने आवेदन ?

निष्काशन बन्द असोज १ गते हुनेछ  भने माग अनुसार आवेदन नपरेमा असोज ११ गते सम्म समय थप गरिनेछ।  

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।   

रेटिङ कति ?

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कहाँबाट दिने आवेदन?

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

प्रोजेक्ट र लागत 

कम्पनीले  ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना निर्माण गरिसकेको छ। यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ।आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको