Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बाँडफाँड हुँदै

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, ०७ : १२ मा प्रकाशित

श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बाँडफाँड हुँदै

श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज बुधबार (कात्तिक १२ गते) बिहान हुँदैछ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का अनुसार, बाँडफाँड कार्य बिहान १०:३० बजे सुरु हुनेछ।

कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ। आवेदन दिने अन्तिम मिति असोज २९ गतेसम्म कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले जम्मा २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए।

यो संख्या कम्पनीले सर्वसाधारणका लागि खुला गरेको सेयरभन्दा ६.६४ गुणा बढी हो। त्यसैले बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ।

श्रीनगर एग्रीटेकले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरी बाँडफाँड गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको