Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकलाई सेबोनले आईपीओ निष्काशनको अनुमति प्रदान

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, ०८ : ३९ मा प्रकाशित

सालपा विकास बैंकलाई सेबोनले आईपीओ निष्काशनको अनुमति प्रदान

सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउन औपचारिक स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते बसेको बैठकमार्फत बैंकलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति प्रदान गरेको हो।

बोर्डले दिएको स्वीकृतिअनुसार बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

खोटाङमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको कार्यक्षेत्र हालखोताङ जिल्लामै केन्द्रित छ। बैंकले गत वैशाख २३ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशन अनुमति माग गर्दै आवेदन दिएको थियो। सोही आवेदन मूल्यांकनपछि बोर्डले आज स्वीकृति प्रदान गरेको हो।

आईपीओ निष्काशन प्रक्रिया अघि बढेसँगै स्थानीय समुदायसहित सर्वसाधारण लगानीकर्ताले बैंकको सेयरमा सहभागी हुने अवसर पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको