Like us!
Follow us!
Connect us!
Watch us!

पर्वत पैँयु खोला हाइड्रोपावरले साधारण सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, २० : १८ मा प्रकाशित

पर्वत पैँयु खोला हाइड्रोपावरले साधारण सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

पर्वत पैँयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धी दुई पक्षीय सम्झौता पर्वत पैँयु खोला हाइड्रोपावर कम्पनी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडका बीच सम्पन्न भएको हो। सम्झौतापत्रमा पर्वत पैँयु खोला हाइड्रोपावर कम्पनीका तर्फबाट अध्यक्ष राज कुमार बस्याल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। यससँगै अब क्यापिटलले नियामक निकायको स्वीकृति प्राप्त भएपछि आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।

१४ लाख कित्ता साधारण सेयर जारी हुँदै

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतका दरले रु. १०० अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४,००,००० कित्ता साधारण सेयर सर्वसाधारणलाई विक्री गर्ने तयारी गरेको छ। नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि सार्वजनिक इश्यूको सबै प्रक्रिया मुक्तिनाथ क्यापिटलले सञ्चालन गर्ने जनाएको छ।

पर्वत पैँयु खोला हाइड्रोपावर कम्पनी लिमिटेड २०६५ जेठ २९ गते प्राइभेट लिमिटेडका रूपमा स्थापित भएको थियो। पछि कम्पनीले आफ्नो संरचना परिवर्तन गर्दै २०८० असार ३१ गते पब्लिक लिमिटेडमा रूपान्तरण गरेको हो।

कम्पनीले पर्वत जिल्लामा ३.५ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ। उक्त आयोजनाले २०८१ असार ७ गतेदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु गरिसकेको छ, जसले कम्पनीलाई स्थिर आम्दानीको आधार प्रदान गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको