Like us!
Follow us!
Connect us!
Watch us!

युद्ध रोक्न पुटिन तयार, हाल कब्जा भूभाग भने फिर्ता नगर्ने सर्त

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १७ : २२ मा प्रकाशित

युद्ध रोक्न पुटिन तयार, हाल कब्जा भूभाग भने फिर्ता नगर्ने सर्त

रसियन राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध जारी युद्ध रोक्न तयार रहेको जनाइएको छ ।

पुटिन निकट स्रोतहरुलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले हाल कब्जा भूभाग फिर्ता नगर्ने सर्तमा युद्ध रोक्न रसिया तयार रहेको जनाएका हुन् । यदि पुटिनको प्रस्तावमा किभ र पश्चिमा राष्ट्रले प्रतिक्रिया नजनाए रसिया अनन्त सम्मै युद्ध लड्न तयार रहेको पनि जनाइएको छ । पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले पनि रसिया वार्ताका लागि तयार रहेको र लामो युद्ध नचाहेको बताएका छन् ।

हालसालै रसियाको रक्षामन्त्री बनेका आन्द्रेई बेलुसोभलाई लम्बिँदो युद्ध जित्नका लागि रसियन अर्थतन्त्रलाई नै युद्धकाल कै रणनीतिका हिसाबले अघि बढाउन नियुक्त गरिएको विश्लेषकहरुले बताएका थिए । सोही अनुरुप पछिल्ला दिनमा रसियाले युक्रेनको करिब पाँच भागको एक भाग कब्जा गर्न सफल समेत भएको थियो । तर यस सफलतालाई पुटिनले पछि छाड्दै युद्ध रोक्न चाहेको जनाइएको छ । छैटौं कार्यकालका लागि चुनिएका पुटिनले यस सफलतालाई आफ्ना जनतालाई देखाउने अवसरका रुपमा अघि सार्दै अब युद्ध रोक्न खोजेको जानकारहरुको भनाई छ ।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युद्धविरामको सम्भावना नरहेको बताउँदै आएका छन् । उनले क्रिमियालगायत रुसले कब्जा गरेको भूमि फिर्ता गरेरै छाड्ने कसम नै खाएका छन् । तर पश्चिमा राष्ट्रको कमजोर साथ र अमेरिकाको युद्धसामाग्री लगायतका सहयोग आउन पनि समय लाग्दा युक्रेनले लगातार आफ्नो क्षेत्र गुमाउँदै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको