Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट फेरि एकैपटक ३५ अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १२ : ०२ मा प्रकाशित

बैंकिङ प्रणालीबाट फेरि एकैपटक ३५ अर्ब तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि एकैपटक ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ।   राष्ट्र बैंकले १४ दिनका लागि  निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। बैंकले भोलि शुक्रबार (जेठ ११ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ। जेठमा यो पाँचौँपटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। 

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी एकमुष्ट जेठ २५ गते भुक्तानी हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको