Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको तापक्रम २५ वर्षयताकै उच्च

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १४ : २३ मा प्रकाशित

काठमाडौंको तापक्रम २५ वर्षयताकै उच्च

काठमाडौंमा निरन्तर गर्मी बढ्दै गएको छ । काठमाडौंमा शनिबार विगत २५ वर्षयताकै उच्च तापक्रम मापन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रको रेकर्ड अनुसार शनिबार २५ वर्षयताकै उच्च ३५.३ डिग्री सेल्सियस पुगेको छ ।   यसअघि २०५६ वैशाख १३ मा काठमाडौंको तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यसयता विभिन्न मितिमा ३५.२ डिग्री सेल्सियससम्म काठमाडौंको तापक्रम पुगेकोमा शनिबारको तापक्रम २०५६ सालपछिकै उच्च हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रका अनुसार काठमाडौंको तापक्रम २०५६ पछि तीनपटक ३५ डिग्री सेल्सियस नाघेको देखिन्छ । २०६६ सालमा  ३५.२, २०६९ मा ३५.२ र यसै वर्ष गत वैशाख १२ गते पनि काठमाडौंको तापक्रम ३५.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको