Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्षको अन्तर्वार्तामा ३ जना अनुपस्थित,छनोट प्रक्रिया नै रद्द हुने संकेत

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १४ : ५२ मा प्रकाशित

सेबोन अध्यक्षको अन्तर्वार्तामा ३ जना अनुपस्थित,छनोट प्रक्रिया नै रद्द हुने संकेत

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये ३ जना छनौट प्रक्रियामा नै सहभागी नभएपछि छनौट प्रक्रिया नै रद्द हुने संकेत देखापरेको छ  ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई आइतबार राष्ट्रिय योजना आयोगको हलमा कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागी दिउँसो १२:४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएका हुन् । 

सर्टलिसटमा परेका कृष्ण कार्की, चिरञ्जीवी चापागाईं र डा.नवराज अधिकारी अनुपस्थित रहेका हुन् ।

अध्यक्ष छनोट समितिले ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषद्सामु सिफरिस गर्नुपर्नेछ । ५ मध्ये ३ जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन । जसकारण कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द हुने अवस्था आएको छ । 

सेबोन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि पुस १९ गतेदेखि धितोपत्र बोर्डमा अध्यक्ष खाली छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको