Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकार करिब ५० दिनका लागि बन्द रहने

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १० : ०९ मा प्रकाशित

मनकामना केबलकार करिब ५० दिनका लागि बन्द रहने

मर्मतसम्भारको लागि मनकामना केबलकार करिब ५० दिनका लगि बन्द हुने भएको छ ।

कम्पनीद्वारा जारी सूचना अनुसार केबलकार सेवा आउँदो असार ३१ गतेबाट करिब ५० दिनको लागी बन्द हुने भएको हो । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति तथा मेन केबल तार लट्ठा फेर्न सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । स्तरोन्नतिका लागि केबलकार डिजाइनर अस्ट्रियाको डोप्पलमेयर ग्रुपमा प्राविधिक आउने पनि जनाइएको छ । अब मनकामना केबलकार पूर्ण डिजिटल प्रणालीबाट सञ्चालनमा आउने कम्पनीको भनाई छ ।

देशकै पहिलो मनकामना केबलकारले ३४ गन्डोलामार्फत नियमित सेवा प्रदान गर्दै आएको छ । शनिबार बिहान साढे ६ बजेदेखि तथा अन्य दिन बिहान साढे ७ बजेबाट साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको