Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १७ : ०२ मा प्रकाशित

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृती

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बंैकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बंैकको १८ आंै वार्षिक साधारणसभावाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।

उक्त अग्राधिकार सेयर जारी गरेसँगै विकास बैंकको पुँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयरमा लगानीको उचित माध्यम हुनेछ । 

नेपाल राष्ट्र बंैकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको