Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ८.८५ अङ्कले घट्यो

सोमबार, २१ माघ २०७५, १७ : ४५ मा प्रकाशित

शेयर बजार ८.८५ अङ्कले घट्यो

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ बिन्दुले घटेर २४३.२८ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए । कारोवार रकमसमेत आइतबारको तुलनामा आज घटेको छ । आइतबार रु ४० करोड बराबरको कारोवार भएको थियो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज होटल उपसमूहको बाहेक अरु उपसमूहको शेयर घटेको छ । होटल ०.३५ बिन्दुले बढ्दा बैंकिङ ६।१९, व्यापार ४.८२, विकास बैंक ९.७५, जलविद्युत् १९.५२, वित्त ०.४२, निर्जीवन बीमा २०.२४, उत्पादन १५.३७, अन्य ८.०३, लघुवित्त १३.९१ र जीवन बीमा ६४.९८ बिन्दुले घटेको छ ।

घटेको बजारमा सेन्ट्रल फाइनान्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, आरएसडिसी लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले आज कमाएका छन् । यस्तै आँखु खोला जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको