Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको हकप्रद सुरक्षित गर्नु भयो ? आज अन्तिम दिन

बुधबार, २३ माघ २०७५, १२ : १९ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको  हकप्रद सुरक्षित गर्नु भयो  ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडा–  मेरो माइक्रोफाइनान्स  वित्तीय संस्थाको एक बराबर एक अनुपातको (शतप्रतिशत) हकप्रद सुरक्षित गर्ने माघ २३ गते बुधबार अन्तिम दिन रहेको छ । बुकक्लोज गर्ने निर्णय गरेकाले बुधबारसम्म शेयरधनी कायम हुने लगानीकर्ताले मात्र हकबप्रदमा आवेदन दिन सक्नेछन् ।

माइक्रोफाइनान्सले बोर्डबाट माघ १४ गते सोमबार गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी रु ३२ करोड ८९ लाख बराबरको हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो।

हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी रु ३२ करोड ८९ लाख छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी रु ६५ करोड ७८ लाख पुग्नेछ ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो  । चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले रु ६ करोड १८ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको