Like us!
Follow us!
Connect us!
Watch us!
साधारणसभाले पारित गर्यो सवै एजेण्डा (फोटोफिचर)

नेकोले १२ प्रतिशत बोनस शेयर दिएपछि शेयरधनीले दिए धन्यवाद !

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, १६ : ०० मा प्रकाशित

नेकोले १२ प्रतिशत बोनस शेयर दिएपछि शेयरधनीले दिए धन्यवाद !

अर्थ संसार, काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नोफा–नोक्सान हिसावबाट १२ प्रतिशत बोनश शेयर जारी गर्ने, जारी गरिने बोनस शेयरको हदसम्म जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि गर्ने लगायतको प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभामा बोल्ने सवै शेयरधनीले  कम्पनीले १२ प्रतिशत बोनस शेयर दिने निर्णणबाट खुसी हुँदै संचालक समिति र व्यवस्थापन समूहलाई धन्यावद दिएका छन् ।

‘१२ प्रतिशत बोनस शेयर दिने प्रस्तावबाट हामी आज धेरौं खुसी छौं ’ साधारणसभा बोल्दै शेयरधनी डमरु बल्लम घिमिरेले भन्नु भयो ‘नेपालको नम्वर १ हुँ भन्दै हिड्ने अरु इन्स्योरेन्स कम्पनीले लाभांश दिन सकेका छैनन्, तर आज नेकोले शेयरधनीलाई बोनस शेयर दिएर सम्मान गरेको छ ।’

त्यसै अर्काे शेयरधनी शिवप्रसाद पौडले साधारणसभामा बोल्दै नेको इन्स्योरेन्स अब नेपालको नम्वर १ इन्स्योरेन्स कम्पनीको बाटोमा लम्किएको बताए ।

त्यस्तै अर्काे शेयरधनी इन्द्र कृष्ण श्रेष्ठले भन्नुभयो–‘अरु इन्स्योरेन्स कम्पनीले साधारणसभामा विवाह भोज जसरी खुवाउँछ तर शेयरधनीलाई लाभांश केहि दिदैंन, यो नेको इन्स्योरेन्सले शेयरधनीलाई चिया र बुस्किुटमात्रै खुवायो तर, शेयरधनीलाई १२ प्रतिशत बोनस दियो ।’

साधारणसभाको सवै फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

फोटोहरु

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको