Like us!
Follow us!
Connect us!
Watch us!

१३ औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको रक्तदान

अर्थ संसार

विहीबार, १७ पुस २०७६, १९ : ५१ मा प्रकाशित

१३ औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको रक्तदान

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गर्नुभएको छ ।

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उपत्यका बाहिर प्रदेश नं. १ को बिराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गते देखि एक महिना सम्म विभिन्न सामाजिक कार्यहरु आयोजना गर्दैैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको