Like us!
Follow us!
Connect us!
Watch us!

फेरी ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ

निशा हुमाँगाई

मंगलबार, २९ पुस २०७६, ११ : ३९ मा प्रकाशित

फेरी ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) फेरी सुनको मूल्य ओरालाे लागेकाे छ । मंगलबार सुन ताेलामा ८ सयले घटेर प्रतिताेला ७४ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार तोलामा २ सयले घटेर प्रतिताेला ७४ हजार ८०० रुपैयाँ कायम भएकाे सुनकाे मूल्य आज फेरी ८ सयले घटेर प्रतिताेला ७४ हजार रुपैयाँ  पुगेकाे हाे ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको