Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा झन्-झन् बढ्दै संक्रमित

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, १३ : ३४ मा प्रकाशित

भारतमा झन्-झन् बढ्दै संक्रमित

अर्थ संसार, काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या झन्-झन् बढ्दै गइरहेकाे छ । 

हालसम्म भारतमा संक्रमितको संख्या ५२ हजार ९५२ जना पुगेको छ भने १ हजार ७८३ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, १५ हजार २६६ जना संक्रमित निकाे भएर घर फर्किएका छन् भने  ३५ हजार ९०२ जना संक्रमितहरु उपचाररत छन् । 

भारतमा कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । त्यहाँ मात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरसबाट संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना बिरामी छन् ।

त्यस्तै, कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको