Like us!
Follow us!
Connect us!
Watch us!

यसरी जितौँ कोरोनालाई : डा. हेमराज कोइराला

विहीबार, ०८ जेठ २०७७, १४ : ३० मा प्रकाशित

यसरी जितौँ कोरोनालाई : डा. हेमराज कोइराला

अर्थ संसार, काठमाडौं - विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गईरहेको छ ।

रोगलागेका मध्ये ३ प्रतिशत विरामीहरूको मृत्युवरण भईसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचारका कुनै पनि औषधी बनिनसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन ।

यो रोगको संक्रमणको कारणले मर्नेहरूको तथ्यांक हेर्दा अधिकांश ९९% मान्छेहरूको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाईयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्या ले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ ।

यस परिपेक्षमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई अत्यन्त मजवुत पर्नु पर्ने हुन्छ र प्रतिरक्षा प्रणाली मजबुत पार्न निम्न लिखित उपायहरू आपनाउन सकिन्छ।

प्रतिरक्षा प्रणाली मजबुत पार्ने प्राकृतिक उपायहरू :

१. दैनिक आठ घण्टाको निन्द्रा । 

२. दैनिक ५ लीटर पानीको सेवन ।

३. दैनिक ४५ मीनेटको योगभ्यास।

४. १५ मीनेट कपालभाती वा भस्त्रिका प्रणायाम ।

५. साझ ३० मीनेटको ध्यान ।

६. शाकाहारी खाना ।

७. दैनिक ७५० ग्राम (पाँच पोर्सन) फलफूल एवं तरकारीको सेवन ।

८. बिहान आधा घण्टाको सूर्य स्नान (घाम तपाई) ।

९. रेशा र चोकर यूक्त खानेकुरा ।

१०. हप्ताको एकदिन व्रत -उपवाश ।

११. सकरात्मक सोच ।

१२. प्रकृतिसँगको सामिप्यता ।

१३. धुम्रपानको त्याग ।

१४. मदिराको त्याग ।

१५. चिनीको सेवन नगर्ने ।

१६. जंङ्कफूड, फाष्फूड, रिफाईण्डफूड आदिको प्रयोग कहिल्यै नगर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको