Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएको कोरोना बीमा पुनः सुचारु

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १५ : ३७ मा प्रकाशित

रोकिएको कोरोना बीमा पुनः सुचारु

अर्थ संसार, काठमाडौं - बीमा समितिले हिजाे स्थगित गर्ने निर्णय गरिएकाे कोरोना बीमा पुनः सुचारु गर्न निर्देशन दिएको छ ।

बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि कोभिड – १९ बीमालेख (कोरोना बीमा) स्थगित गर्ने निर्णय गरेको थियाे । 

बीमा समितिले आज शुक्रबार फेरि एक सूचना जारी गर्दे २०७७ साल चैत्र मसान्तलाई कायम हुने गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।

त्यसैगरी, सरकारसँग सहमति भएपछि  कोरोना बिमा पुनः सुरु भएको हो । सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना पुन: सुरु गर्ने सहमति भएको बिमक संघका महासचिव चंकी क्षत्रीले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको