Like us!
Follow us!
Connect us!
Watch us!

दशककै उल्लेखनिय ओपोका सात स्मार्टफोन्स

निशा हुमाँगाई

सोमबार, २० माघ २०७६, १७ : ०२ मा प्रकाशित

दशककै उल्लेखनिय ओपोका सात स्मार्टफोन्स

अर्थ संसार, काठमाडौं – सन् २०१०- २०१९ दशकको अन्त्य हुँदासम्म ओपोद्वारा भित्र्याइएका केही उत्कृष्ट स्मार्टफोनले दशककै प्राविधिक विकासको प्रतिनिधित्व गर्छ । ति मध्ये केही स्मार्टफोनकाे बारेमा यहाँ प्रस्तुत गरिएकाे छ :

ओपो फाइन्ड - २०११

सन् २०११ माओपोले फाइन्ड (एक्स९०३) स्मार्टफोन सार्वजनिक गर्यो । उक्त फोनमा साइडस्लिप कभर, फूलकिबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली सो समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको लगायत फिचर्स उपलब्ध गरिएको थियो । यसमा रहेका अनुकरणिय कलात्मकता र प्रयोगकर्ता मैत्री इन्टरफेस भएतापनि यो ओपोद्वारा उत्पादित अहिले सम्मकै मोटो फोन हो । तसर्थ, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमाथि थप कार्य गर्नुपर्ने देखिन्थ्यो । 

ओपो फाइन्डर - २०१२

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजा स्वरूप ओपो फाइन्डरको जन्म भयो । अतिरिक्त पातलो यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डरसम्म आईपुग्दा ओपोले ठूलो छलाङ मार्याे । मात्र ६.६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न मिडिया मार्फत अन्तरराष्ट्रिय कभरेज पनि प्राप्त गर्यो ।

ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रडक्ट डिजाइन फ्याक्टरका रूपमा स्थापित समेत भयो । फलस्वरूप एकले भन्दा अर्कोले अझ पातलो फोन निर्माण गर्ने स्पर्धा अहिले सम्म कायमै छ ।

ओपो यूलाईक २ - २०१२

यूलाईक २ को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरूवात मानिन्छ । ओपोका एक डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्विरका लागि मात्र नभइ फोनको आकार समेत आकर्षक हुनुपर्ने अवधारणाको अनुसरण मार्फत यसो हुनु सम्भव भएको हो ।

ओपो यूलाइक २ मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५ एमपी फरवार्ड-फेसिङ क्यामेरा सहितको पहिलो ओपो उपकरण बन्यो । ब्यूटी २.० अल्गोरिथम सूचारू गरेसंगै यसले स्वचालित रूपमै ब्यूटिफिकेसन ईफेक्टमार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ ।

ओपो एनथ्री - २०१४

‘क्यामेरा मास्टर’का रूपमा परिचित ओपो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भित्र्याउने पहिलो फोन हो । सुरूचिपूर्ण कार्यान्वयन क्षमता सहितको विद्युतिय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो । १६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक ईञ्जिन सुसज्जित यो फोन सन् २०१४ को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्टफोनका रूपमा पनि लिइन्छ ।

फोनको छेउमा राखिएको चार्जिङ पोर्ट लगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्लेब्याक तथा गेमिङ लगायत मल्टिमिडिया प्रयोगका लागि समेत सहजता प्रदान गर्छ । अझ ओपो एनथ्रीमा कम्पनीले ‘ओ-क्लिक’ (छुट्टै किचेन रिमोट) पनि उपलब्ध गरिएको थियो । यसको माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्विर खिच्ने कार्य समेत गर्न सक्छन् । 

ओपो आरनाइन- २०१६

सन् २०१६ मा ओपोले, हालसम्म पनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो । भोक फ्ल्याश चार्जिङ सुसज्जित ओपो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टा सम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ । २० मिलियन कपिज् विक्रि हुनुका साथै, यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चीनिया मोबाइल बजारमा सर्वाधिक विक्रि हुन सफल समेत रह्यो । सन् २०१६ को नोवेम्बर १ मा यसले स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथाएप्लिकेसन ईन्नोभेसन) पनि जित्न सफल भयो ।

ओपो फाइन्ड एक्स- २०१८

क्रान्तिकारी स्क्रिन डिजाइन सहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुल-स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ । यसमा रहेको कभ्र्ड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित गर्यो ।

फाइन्ड एक्सको आगमन संगै यसले सर्वाधिक ईफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो । फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू ईन्नोभेट’, प्रतिको प्रतिबद्धतापनि प्रदर्शित गरेको छ ।

ओपो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज् स्मार्टफोन्स अफ दि ईयर २०१८मा बेष्ट डिजाइन अवार्डपनि हात पार्न सफल भयो ।

ओपो रेनो फाइभजी -२०१९

सन् २०१९को सुरुवात संगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक गर्यो । रेनो टेनएक्स जुम र रेनो फाइभजी -फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा -नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्सपनि उपलब्ध गरिएको छ । ४८एमपी प्राइमरी लेन्स, १३एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्स सहितको फूल-फोकल लेन्थ ट्राई-लेन्स रियर क्यामेरा सहितको ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो । ओपो रेनो फोटोग्राफर तथा रचनात्मक व्यक्तिहरुका लागि गो-टू सिरिजका रुपमा स्थापित भयो । साथै, ओपो रेनो फाइभजी यूरोपमा व्यवसायिक रुपमा बिक्रि थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो । स्विट्जरल्याण्डमा यसको बिक्रि आरम्भ स्विट्जरल्याण्ड भरका स्विसकम पसलहरु मार्फत गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको